समाचार

पोखरा – १० वडा कार्येसमितिको पहलमा १ सय ४० जना अति बिपन्न असक्त परिवार लाई राहत

पोखरा महानगर पालिका १० वडा कार्येसमितिको पहलमा १ सय ४० जना अति बिपन्न असक्त परिवार लाई शुक्रबार राहत बितरण गरिएको छ ।
वडा भित्र रहेका विभिन्न समाजसेबिहरुबाट प्राप्त सहयोगबाट राहत बितरण गरिएको वडा अध्यक्ष राजकुमार गुरुङले बताउनु भयो ।
विश्वभर महामारीका रुपमा देखिएको कोरोना भाईसको प्रभावका कारण घरमै बस्नुपर्ने बाध्यताको परिस्थितिमा ज्याला मज्दुरी,श्रम गरेर दैनिक खर्च धान्न मुस्कील पर्ने विशेष गरी (डेरा मा बस्ने) र अति विपन्न बर्गका समुदायहरुलाई सहियोग गरिएको उहाले बताउनु भयो । यो बेला सबै नेपालीहरु एकजुट हुनुपर्ने र यो जटिल परिस्थितिको मिलेर सामाना गर्नु पर्ने बताउनु भयो ।
 
वडामा येदि कोहि भोकै हुने अवस्था आएमा टोल सुधार समिती मार्फत वडा कार्यालयमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।लकडाउनको समयमा २ दिन भित्र १४० परिवारको पहिचान गरि वडा नम्बर १० ले राहत बितरण गरेको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here