समाचार

प्रदेश स्तरिय एकल नाटक प्रतियोगिता हुने

पोखरा थ्रिएटरको आयोजनामा प्रदेश स्तरीय एकल नाटक प्रतियोगिता आयोजना हुने भएको छ । कोभिडको कारण विगत दश महिना बन्द रहेको पोखरा थिएटर सुरक्षाको सम्पूर्ण प्रवधान अपनाउदै औपचारिक रुपमा संचालनमा आएको जानकारी गराउदै, फाल्गुण ३ गते पोखरा थिएटरको वार्षिक उत्सवको सु अवसरमा संचालक परिर्वतनले नाटक प्रतियोगिताको घोषणा गरेका हुन् । नेपाली भाषमा हुनुपर्ने उक्त नाटक सांकेतिक भाषको समेत प्रयोग गर्न पाइने भएको छ ।

उक्त नाटक प्रतियोगितामा माओत्से गुरुङ, प्रमिला तुलाचन ,  प्रकाश घिमिरे निर्णायक रहेको छन  | प्रतियोगितामा कुनै पनि जाति, सम्प्रादय, धर्म, संस्कृतिको मूल्य मान्यतालाई खलल पार्ने खालको नाटक मुल्याङकन प्रक्रियामा सहभागी नगराईने र नाटक घटिमा १० मिनेट देखि बढिमा १५ मिनेटसम्मको हुने , कार्यक्रमका निर्णायक प्रमिला तुलाचनले जानकारी दिइन ।

सो महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्ययनरत विद्याजर्थीहरुले सहभागीता जनाउने सक्नेछन र लेखन निर्देशन, आवश्यकता अनुरुप विद्यार्थी स्वयं वा अन्य व्यक्तिहरुले पनि गर्न सक्ने छन । नाटकको भिडियोको साथमा अनिवार्य रुपमा विद्यालयको स्वीकृति पत्र पनि समावेश गर्नु पर्ने महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

नाटक प्रतियोगिताको लागि भिडिया माघ महिनाको २८ गते सम पठाइसक्नु पर्ने छ । भिडियो मार्फत सहभागी नाटक मध्य उत्कृष्ट ४ नाटकलाई एक विषेश कार्यक्रमको वीचमा क्रमशः ५००००, २५०००, १२५०० र ५००० नगद पुरस्कारको साथै प्रत्यक्ष मञ्चन व्यवस्था रहेको छ ।

यस प्रतियोगिता प्रदेश सरकारसँग सहकार्य गरेर महोत्सवको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रम राजाराम पौडेलले सञ्चालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here