समाचार

प्राकृतिक प्रकाेप: स्थलगत निरिक्षणमा पुर्वमन्त्री महादेव गुरुङ

पोखरा महानगर वडा नं २३ का हर्पन खोला र खहरे खोलामा बाडी आएपछि बस्ती नै जोखिममा परेको भन्दै स्थानीयले हारगुहार गरेपछि स्थलगत निरिक्षणमा पुग्नुभएका पुर्वमन्त्री महादेव गुरुङसंग त्यहाँका बासिन्दाले ठेकेदार कम्पनीका लापरवाहीको कारण चेक ड्याम भत्किएको र वरपरका मानव बस्ती नै उच्च जोखिममा परेको गुनासो गरेका छन्।

कार्यवाहक वडाअध्यक्ष भरत भण्डारीका अनुसार उनले ड्याम निर्माणकै बेला गुणस्तरहीन निर्माण भएको भन्दै पटक पटक पत्रकारसम्मेलन गरि खबरदारी गर्दा समेत पोखरा महानगर र ठेकेदारले अटेर गरेकै कारण यो दुर्दशा भएको बताए। तत्काल चेक ड्याममा भएको राजनीतिबारे छानविन गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने नेविसंघ विधार्थी नेता पशुपति भट्टराईले बताए ।सो ठाउंमा जनहीतमा विपत्मा जनतालाई सहयोग गर्दै आएका वडा नं २३ का नेविसंघका सभापति सुजन पराजुलीले यथाशीघ्र जनतालाई विपत्तिबाट जोगाउने कार्यमा महानगर अग्रसर नभए महानगर केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिए।यसैगरि नेकपा वडा नं २३ का नेता चेत ब.क्षत्रीले महादेव गुरुङ कुनै पार्टी विशेषको नेता मात्र नभई यो बेल्टको सबैका अभिभावक भएकाले उनले ड्यामको विषयमा गम्भीरतापूर्वक सरोकारवाला निकायलाई खवरदारी गरिदिनुहुन आग्रह गरे ।यसैगरि त्यहांका स्थानीय बासिन्दाहरु ठेकेदार कम्पनी विरुद्ध पोहोर साल नै अख्तियारमा उजुरी परिसकेकाले सो उजुरी उपर कार्वाही हुनेमा आफुहरु निश्चित रहेको बताए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here