समाचार

भक्तपुरबाट रामेछाप गएको बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, २८ घाइते

रामेछापमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। केहीको अवस्था गम्भीर रहेको छ।’ पौडेलले भने, ‘प्रहरीले चालक नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल पठाइएको छ।’

उनकाअनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको उपचारको क्रममा मृत्युभएको हो। सामान्य घाइते भएका दुई जना घर गएका छन्। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो।

लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ। प्रशासनले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक र निजी यात्रुहबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।

दिउँसोको समयमा स्थानीयले विरोध गर्ने भएपछि अलपत्र परेका मजदुर लगाएत अत्यावश्यक काम परेर जिल्ला जानेहरु रातिको समयमा काठमाडौंबाट पास लिएर गइरहेका छन्।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here