समाचार

भारतमा २४ हजार नाघे कोरोना संक्रमित, आज मात्रै ५७ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा हालसम्म कोरोनाको कारण ७ सय ८० जनाको मृत्यु भएको छ । भने हालसम्म भारतमा २४ हजार ४ सय ३४ जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै ५ हजार ४ सय ५७ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । त्यहाँ आजमात्र १ हजार ३ सय ९५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् भने ५९ जनाको आजै मात्र मृत्यु भएको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा ९ लाखभन्दा बढी संक्रमित भएका छन् ।

वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ९ लाख ३ हजार २ सय २ जना संक्रमित भएका छन् । भने ५० हजार ९ सय ५२ जनाको मृत्यु भएको छ साथै ९० हजार २ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा १६ हजार ८ सय ३ जना नया संक्रमित देखिएका छन् भने ७ सय १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्क राज्यमामात्र २ लाख ७६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भने २१ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको छ । वितेको २४ घण्टामा न्यूयोर्कमा ८ हजार १ यस ३० नया संक्रमित देखिए भने ४ सय २२ जनाको मृत्यु भएको छ । यसैगरी न्यूजर्सी राज्यमा वितेको २४ धण्टामा नया संक्रमित र मृत्यु हुने क्रम देखिएको छैन । त्यहा १ लाख २५ जना संक्रमित रहेका छन् । जसमा ५ अजार ४ सय २८ जनाको मृत्यु भएका छ भने ९३ हजार ३ सय २६ जना उपचाररत छन् ।

यसैगरी कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ९५ हजार ११४ जनाको मृत्यु भएको छ भने २७ लाख ९९ हजारभन्दा बढीलाई संक्रमण देखिएको छ । विश्वभर यो समाचार तयार पार्दासम्म ७ लाख ७५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here