समाचार

मजदुरले राहत हैन काम खोजे

साधना गौडेल

जेठ ५

कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि सरकारले कामबिहिन मजदुर श्रमिक लाई राहत बितरण गरिरहेको समयमा बागलुङका मजदुरले भने राहत हैन काम खोजेका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइस फैलिने डरले सरकारले लकडाउन गर्दै देशको बिकास निर्माण ठप्प गरेपछि कामबिहिन बनेका मजदुरहरू यतिबेला पुन काम फर्किन थालेका छन् ।सरकारले सामाजिक दुरि कायमै गर्दै मजदुरको स्वास्थ्य लाई मध्यनजर गर्दै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएपछि मजदुरहरू काममा फर्किएका हुन्।

एकमहिना सम्म बेरोजगार भएर स्थानीय तहको राहतमा आश्रीत हुन पुगेका मजदुर यतिबेला करिडोरको काम संचालनमा आएपछि खुशी भएकाछन् । उनीहरूले केही दिनको राहत भन्दापनि नियमितरूपमा श्रम गरेर खानु नै फाइदा भएको बताउँछन् । नियमितरूपमा काम गर्न नपाएर अस्तब्यस्त भएका मजदुरहरू काम , दाम र माम पाएपछि एकातिर रोकिरहेको बिकासको काम अगाडि बढेको छ भने अर्को्तिर श्रम गरेर खानेहरूलाइ रोजगारको अवसर समेत मिलेको छ ।लकडाउनमा राहतको जोहो गर्न नसकेको बेला सरकारको निर्णय अनुसार मजदुरहरू काममा लगाएको र काम गर्न पाउँदा निकै फाइदा भएको मजदुर नाइके बताउँछन् ।

स्थानीय सरकारले लकडाउन बिच बाड्दै आएको राहत प्रभावकारी हुन नसकेको भन्ने व्यापक जन गुनासो आइरहेको समयमा लकडाउनका बिच अगाडि बढाइएको जिल्लामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा सयौं मजदुरले काम पाएपछि राहतको झंन्झट समेत हटेर जाने देखिन्छ । बाहिरी मजदुर मात्र नभएर स्थानीय बेरोजगार युवाहरू समेत यतिबेला काम गर्न थालेका छन् । साच्चै श्रमलाई चिन्न सक्ने हो भने अहिले हामी कहाँ हातमा सीप भएका हजारौं युवाहरू काम नपाएको भनेर बेरोजगार बनिरहेको समयमा अहिले सरकारले गरेको लकडाउनको फाइदा उठाउन सक्ने एउटा अवसर समेत सृजना भएको छ यसलाई आत्मासाथ गर्न सकेको खण्डमा समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई समेत सार्थक बनाउन मद्दत पुग्ने निश्चित देखिन्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here