समाचार

मुस्ताङमा स्वास्थ्य सामाग्री हस्तान्तरण

कोभिड १९ को दोस्रो लहर सुरु भएसंगै नेपाल पनि कोरोना संक्रमितहरू थपिदै गएको अवस्थामा मुस्ताङ जिल्लाका स्वदेश तथा विदेश रहेका युवाहरूले कोरोना संक्रमित बिरामीको लागि आवाश्यक विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो।
कोरोना संक्रमितको उपचारको लागि तोकिएको एक मात्र अस्पताल मुस्ताङ जिल्ला अस्पतालमा पछिल्लो अवस्थामा संक्रमित बढेपछि जिल्लामा मात्रै उपचार गर्ने सम्भाव नभए पछि थासाङ गाउँ पालिका मा रहेको स्वास्थ केन्द्र ले उपचार गरिरहेको छ ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार थासाङ गाउँ पालिकासंग समन्वय गरि अभियान सञ्चालन गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी गराए।
हिमाल पारि को जिल्ला भएकाले सहज रूपमा स्वास्थ सामाग्री खरिद गर्ने पनि अफ्ट्यारो हुने सानो सानो कुरा हरू खरिद गर्ने पनि पोखरा नै धाउनु पर्ने अवस्था रहेकोले र संक्रमितको उपचारमा सहज र प्रभावकारि होस भनी यो अभियान सञ्चालन गरेको अभियानका संम्योजक अबिनास गौचन ले जानकारी गराए साथै थासङ गाउँ पालिका अन्तर गत रहेका प्रयेक वडाका स्वास्थ्य चौकि हरू लाई पनि यी सामाग्री हस्तान्तरण गर्ने उनले बताए ।


यसैगरी पछिल्लो अवस्थामा अक्सिजन अभावका समाचारहरु सुन्नमा आएकोले मुस्ताङ जिल्लामा अक्सिजन को अभाव नहोस भनी अभियानका अर्का सदस्य, राजेन्द्र गौचनको पहलमा २० थान खालि अक्सिन सलिन्डर समेत हस्तान्तरण गरिएको थियो । जस मध्ये ५ थान अक्सिजन का खालि सिलिन्डर न्यु हस्तकला एक्शपोर्ट प्र.लि. का प्रोपाईटर पेम्बा दोर्जे शेर्पाले अनुदान स्वरूप उपलब्ध गराएका थिए।

करिव ५ लाख बराबरको स्वास्थ्य सामाग्री लेते स्वास्थ्य केन्द्रलाई कार्यपालिका सदस्य नबिन शेरचन र नरेन शेरचन को रोहबरमा वडा अध्यक्ष चन्द्र बहादुर शेरचनको हात बाट प्राथमिक स्वास्थ्य केन्द्र थासाङ –३, लेते का स्वास्थ्य इन्चार्ज डा. लक्ष्मन थापा लाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here