समाचार

रुपमा आन्तरिक इस्लामिक बौद्धिक परीक्षण

 

पोखरा, १७ फागुन

कास्कीको रुपा गाउँपालिका वडा नं. ६ मा आन्तरिक इस्लामिक बौद्धिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मियागाउँ समिति र रुपाकोट मुस्लिम समिति कत्तारको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा इस्लाम धर्ममा आधारित हाजिरीजवाफ, कुरान वाचन, नातशरिफ र तकरिर लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । जसमध्ये हाजिरीजवाफ प्रतियोगितामा सादिक मिया, सलिना खातुन र इम्दाद मियाको समूह प्रथम भयो ।
यसैगरी कुरान वाचनमा सादिक मिया, नातशरिफमा मुसरफ मिया र तकरिरमा खतिजा खातुन प्रथम भए । प्रतियोगितामा ५० जना भन्दा बढी प्रतियोगी सहभागी थिए । प्रतियोगिताको निर्णायकमा मदर्साका शिक्षक मुहम्मद रियाजुद्दिन मिया र मुहम्मद सेराज मिया थिए । विद्यार्थीहरूलाई इस्लामिक शिक्षा प्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको हो ।
मियागाउँ समितिका अध्यक्ष नबिबुल्ला मियाको अध्यक्षतामा भएको कार्यक्रममा सिसाघाट इस्लामिक कलबका अध्यक्ष मोहम्मद अमर अलि मिया रहेका थिए । कार्यक्रमको संचालन फिरोज दिन मियाले गरेका थिए ।

1
Leave a Reply

avatar
1 Comment threads
0 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
1 Comment authors
noor Recent comment authors
  Subscribe  
newest oldest most voted
Notify of
noor
Guest
noor

masaha allah

Comment here