समाचार

लेउवासंघको आपत्ति

पोखरा, १० चैत
लेखनाथ चेम्बर अफ कमर्श इकाई गठनप्रति लेखनाथ उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी इकाई गठनप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
‘कुनै संस्थाले इकाई विस्तार गरेको खबर विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट सुन्नमा आएको कुराले लेखनाथ उद्योग वाणिज्य संघको ध्यानार्कषण भएको छ,’ अध्यक्ष बलराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यद्यपि, संघद्वारा जारी विज्ञप्तिमा लेखनाथ चेम्बर अफ कमर्श इकाईको नाम भने उल्लेख गरिएको छैन । ‘उक्त इकाईसँग लेखनाथ उद्योग वाणिज्य संघको कुनै किसिमको सम्वन्ध नरहेको जानकारी गराउँदै आम उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुलाई कुनै किसिमको विचलन वा भ्रममा नपर्नुहुन’ आग्रह गरिएको छ ।
यसैबीच निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले आम जनसमुदायमा नआत्तिन र हल्लाको पछाडि नलागी स्वयंम आफ्नो सुरक्षाका विभिन्न उपायहरु अपनायर संयमित भई सहज रुपमा व्यापार व्यवसायमा लाग्न अनुरोध गरेको छ ।
विश्व व्यापी फैलिएको कोरोना भाइरस (कोभित–१९) को कारणबाट देखिएको विषम परिस्थितिलाई मध्यनजर राख्दै संघको आइतबार बसेको पदाधिकारी, पूर्व अध्यक्षहरु र सल्लाहकार समेतको संयुक्त बैठकले उक्त आग्रह गरेको हो ।
कोरोना भाइरस कै कारण व्यवसायमा पर्न गएको असरले बैंकको ब्याज तथा किस्ता भुक्तानी, घर भाडा भुक्तानी लगायतका आर्थिक गतिविधि गर्न कठिनाई भएको परिस्थितिमा नेपाल सरकार समक्ष बैंक तथा वित्तीय संस्थाको ब्याज तथा किस्तालाई केही महिना पछाडि सार्न पनि अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीहरुको हक हितको सवालमा जस्तो सुकै विषम परिस्थितिमा पनि लेखनाथ उद्योग वाणिज्य संघ सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here