समाचार

शिवसेना नेपाल, पोखराका युवाहरु सक्रियस् अध्यक्ष प्रताप मल्ल

शिवसेना नेपाल पोखरा महानगरको आयोजनामा चियापान तथा कमिटि गठन कार्यक्रम हुने भएको छ । यही चैत्र १४ गते शनिवारको दिन आयोजना हुने सो कार्यक्रममा भावी कार्यक्रमको पनि योजना सार्वजनिक र छलफलहुने शिवसेना नेपाल पोखरामा महानगरका अध्यक्ष प्रताप मल्लले जानकारी दिए । साथै उनले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनाहरुलाई र राष्ट्रवादी साथीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेका छन्
बिहान ११ः०० मा शुरु हुने सो कार्यक्रम, पोखरा लेकसाइड स्थित होटल सेरेनिटी, स्ट्रिट नं १५ मा हुनेछ । सो कार्यक्रममा शिवसेना नेपालका सदस्य बनेकाहरुलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम समेत रहेको छ । पोखराका युवाहरुले राजसंस्था हिन्दु अधिराज्य र अखण्ड नेपालको मुद्धा मा आवाज उठाउने भनेर प्रतिवन्धता गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here