समाचार

माछापुच्छ्रेमा ३५ परिवारलाई राहत वितरण

शिवसेना नेपालबाट कास्कीको माछापुच्छ्रेमा ३५ परिवारलाई राहत प्रदान गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका चामल, तेल,, दाल र सोयाविन प्रदान गरिएको हो ।

सो कार्यक्रममा शिवसेना नेपालका केन्दिय्र अध्यक्ष अनिल बस्नेत बाबा, केन्द्रिय सदस्य बन्टी थापा, जिल्ला अध्यक्ष प्रताप खडकी, जिल्ला सचिव भेषराज कोइराला, कोसाध्यक्ष सुरेश बझगाई, महानगर अध्यक्ष प्रताप मल्ल , का साथै अन्य जिल्ला सदस्यरुको उपस्थिति रहेको थियो |

। शिवसेना नेपालको उद्देश्य सेवा नै धर्म ह‍ो मानवता हाम्रो पहिचान हो आपत विपतमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने र जातिय विभेदको अन्त्य गरि सभ्य समाजको निर्माण गर्ने रहेको केन्द्रीय अध्यक्ष अनिल बस्नेत बाबाले बताए ।साथै कसैलाई सारो गाह्रो परे अवगत गराउन समेत पोखरा महानगर अध्यक्ष प्रताप मल्लले आग्रह गरेका छन्

निषेधाज्ञाको अवधिमा आज ३५  परिवारलाई राहत वितरण गरिएको तथा दुईजना मिर्गौला रोगीलाई आर्थिक सहयोग पनि प्रदान गरेको शिवसेना नेपाल पोखरा महानगरका अध्यक्ष प्रताप मल्लले बताए । साथै उनले कसैलाई सारो गाह्रो परे अवगत गराउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here