समाचार

शिवसेना नेपाल पोखरा महानगरबाट सहयोग

जेठ २६, पोखरा

शिवसेना नेपाल पोखरा महानगरबाट पोखराको घारीपाटन स्थित सुकुम्वासी परिवारलाई राहत प्रदान गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका १ बोरा चामल २ लिटर तेल, २ किलो दाल र सोयाविन १ पोका प्रदान गरिएको हो ।

निषेधाज्ञाको अवधिमा १९ परिवारलाई राहत वितरण गरिएको तथा दुईजना मिर्गौला रोगीलाई आर्थिक सहयोग पनि प्रदान गरेको शिवसेना नेपाल पोखरा महानगरका अध्यक्ष प्रताप मल्लले बताए । साथै उनले कसैलाई सारो गाह्रो परे अवगत गराउन समेत आग्रह गरेका छन् ।

शिवसेना नेपाल दिर्धकालीन रोगीका परिवारहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here