समाचार

शिवसेना नेपाल, पोखरा महानगर अध्यक्षमा प्रताप मल्ल

शिवसेना नेपाल, पोखरा महानगरको अध्यक्षमा प्रताप मल्ल सहित२१ जना कार्यसमिति चयन भएका छन ।

एक भव्य कार्यक्रम सहित भएको सो कार्यसमिति चयनमा शिवसेना कास्कीका अध्यक्ष प्रदीप खडकीको समेत उपस्थिति थियो । आज चयन भएको कार्यसमितिअध्यक्ष मा प्रताप मल्ल , प्रथम उपाध्यक्षमा गौरब घमाल द्विर्तिय उपाध्यक्षमा राजन मल्ल ठकुरी ,कोषअध्यक्षमा रोहित क्षेत्री सह कोषाध्यक्षमा निमसाङ्ग राई सचिब मा आकाश कुमार भट्ट ,सह( सचीव सचिन पौडेल ,सदस्य पर्बिक क्षेत्री, लजिब श्रीस , सन्जे पौडेल , मिलन बराल , बिजय थापा, रोशन क्षेत्री , अम्रत खनाल , सौरब गुरुङ , सुजित पधया, राहुल भदगामी , कृष्ण थापा ,रुपेस पुन , समीर बिक , गौरब मगर रहेका छन ।

शिव सेना कास्कीका कार्यकारी अध्यक्ष प्रदीप खड्गीको उपस्थितीमा भएको कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष मल्लले कार्यलयको स्थापना संगै आफ्नो जिम्मेवारी अगाडि बढाउने बताए ।उनले राज संस्था लाई पुनःस्थापन, हिन्दु अधिराज्यको बिषयमा जोडदार आवाज उठाउने बताए ।लेकसाइड स्थित होटल सेनेरिटीमा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले कुशल समाज निर्माणमा शिवसेनाले सहभागिता जनाउने भनाइ राखे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here