समाचार

समाजसेवी गौचनको अनुरोधमा डाँफे फाउन्डेसनद्वारा मुस्ताङलाई अक्सिजन कन्सन्टेटर्स सहयोग

 

पोखरा, जेठ २१

अमेरिका स्थित नेपाली संस्था डाँफे फाउन्डेसनले एनसीसीडीएफको सहकार्यमा मुस्ताङ जिल्लाको पाँच ओटा स्थानीय निकायलाई करिब ८ लाख बराबरको अक्सिजन कन्सन्टेटर्स सहयोग गरेको छ । युवा समाजसेवी अबिनास गौचनको सहकार्यमा मुस्ताङ जिल्लाका पाँच ओटै स्थानीय निकाय अन्तर्गतका स्वास्थ्य संस्थालाई करिब ८ थान इलेक्ट्रोनिक अक्सिजन कन्सन्टेटर्स सहयोग गरेको छ ।

बिश्वब्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस को महामारी बाट बच्नको लागि उक्त संस्थाले देशब्यापी रूपमा आवस्यकता अनुसार सहयोगहरु गर्दै आएको एनसीसीडीएफको सचिव सम्राट आचार्यले बताए । साथै कोरोना भाइरस कोभिड–१९ का कारण विश्वमा महामारी फैलिएसगैँ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाइ रहेको अवस्थामा फाउण्डेसनका डा। दिपेन कडरीयाले उक्त सामाग्री सहयोग गरेको गौचनले बताए ।

समाजसेवी गौचनका अनुसार उक्त सामग्रीहरु मुस्ताङ स्थित पाँच ओटै स्थानीय निकाय अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउने बताए, उनले भने( विशेष गरि मुस्ताङ जिल्लाका प्रत्येक स्वास्थ्य संस्थालाई उक्त सामाग्री उपलब्ध गरिनेछ । गौचनका अनुसार भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टर सुरेन्द्र गौचनको विशेष अनुरोधमा प्राप्त उक्त सामाग्रीलाइ समाजसेवी गौचन मार्फत भोलिनै मुस्ताङ पठाइनेछ । साथै गौचनले मुस्ताङवासीको तर्फबाट डाँफे फाउण्डेसन र विषेश अनुरोध गरिदिनुहुने डा. सुरेन्द्र गौचनलार्ई सो सहयोग प्रति आभार व्यक्त गरे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here