शिवसेना नेपाल कास्कीले फागुन २७ गते शिवरात्रीको सु अवसरमा विशाल कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा नेपालीहरुको अराध्याय देव भगवान शिवको पुजा अर्चनाका साथ महाशिवरात्री महोत्सव कार्यक्रममा सम्पूर्ण भव्य रुपले मनाईने शिवसेना पोखरा महानगरका अध्यक्ष प्रताप मल्लले जानकारी दिए साथै उनले हिन्दुलम्बिहरु राष्ट्रबादी साथीभाइहरु देश प्रेमी साथीहरु बुवामुवा दिदिबहिनीहरुलाई उपस्थितिका हार्दिक अनुरोध समेत गरेका छन्।
सो कार्यक्रम पोखराकोबागलुङ बसपार्कमा बिहान ११ बजेबाट सुरु हुनेछ । कार्यक्रममा प्रसाद ग्रहण पनि हुनेछ । आउदा दिनहरुमा शिव सेना पोखरा महानगरले वृद्धाश्रममा खाद्यान्न वितरणको कार्यक्रम लगाएत विभिन्न कार्यक्रम सक्रियताको रुपमा सम्पन्न हुने मल्लले जानकारी दिए ।
कार्यक्रममा साँस्कृतिक कन्सर्ट (रातो र चन्द्र सुर्य गीत ) र शीव तान्डव को गीत गाउने र विभिन्न जाति को झाकी प्रदर्शन हुने छ ।
Leave a Reply