समाचार

सम्पूर्ण नेपाली दाजुभाइलाई नेपाली झण्डा ब‍ोक्न अनुरोध

राजसंस्थासहित हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि पश्चिमाञ्चल पोखरामा यही मङ्सिर १० गते हुन गइरहेको विशाल मोटरसाइकल र्यालीको तयारी तीब्र पारिएको छ । पश्चिमाञ्चलवासि नेपाली जनताको आयोजनामा हुन गईरहेको र्यालीलाई सफल पार्न व्यवस्थापनदेखि प्रचारप्रसारको तयारी तिब्र पारिएको छ ।
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा थालिएको सडक संघर्षका कार्यक्रमअन्तर्गत पोखरामा समेत हुन गइरहेको विशाल शक्ति प्रदर्शनसहितको दबाबमुलक कार्यक्रममा सबैभन्दा बढी स्वतन्त्र युवा शक्तिलाई परिचालन गरिने आयोजकले जनाएको छ ।
वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालिसकेको अबस्थामा स्वच्छ ,देशभक्त युवा जमात पनि अब यसैगरी सडकमा आउनुपर्ने रास्ट्रबादि युवा नेता प्रताप मल्लले बताए ।
हाम्रो वीरताको विरासत गुमाउँदै गर्दा ,स्वाभिमानको झन्डा झुक्दै गर्दा, दलाल र माफियाहरुले देशलाई बन्दक राख्दै गर्दा पनि देशभक्त राष्ट्रवादी शक्ति टुलुटुलु हेरिरहनु भयानक बिडम्बना भएको भन्दै अब मुलुकको निकास र विकासका लागि एकमात्र विकल्प राजासहितको हिन्दु राष्ट्र भएकाले यसको पुनर्स्थापनाका लागि युवा पुस्ताले बढी जिम्मेवारी निभाउनुपर्ने बेला आएको मल्लले बताए ।
उनले भने, “देशको धर्म संस्कृति र राष्ट्रियता हाम्रो पहिचान हो, सनातन धर्म र संस्कृतिको रक्षाका निमित्त राष्ट्रबादी शक्ति गोलबन्द हुन आव्हानसहित शक्ति प्रदर्शनको रूपमा कार्यक्रमलाई हेरिएको छ उक्त कार्यक्रम भव्यका साथ सम्पन्न गर्नलाई सम्पूर्ण पोख्रेलीबासिहरु दाजुभाइ दिदीबहिनी बुवामुवा र राष्ट्रवादीसाथिहरुलाई बिन्रम अनुरोध गर्दछु।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here