समाचार

सरकारी र निजी अस्पतालबीचको युद्धले बिरामी जनता मारमा परे: थापा

नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति तथा कास्की कांग्रेसका युवा नेता बिकास थापाले गण्डकी प्रदेश र पोखरा आसपासमा नियमित रूपमा बिगत केही समय देखी स्वास्थ्य सेवा का बिषयमा लाई लिएर धेरै सेवाग्रही र बिरामीहरूले नियमित रूपमा गुनासो र सम्पर्क गरिरहेको हुँदा नेबिसंघ जनता को दुःख सुख को पहरेदार रहेको कुरा मा दुई मत नरहेको जनाएका छन्।
महामारी र बिपत्ती यस घडीमा सबै निकायहरू जिम्मेबारी र कर्तब्य बोधका साथ अघि बढ्नु को कुनै विकल्प नरहको बताउँदै नेता थापाले जनताले निरन्तर पाऊँने सेवा र सुबिधा अर्थात नियमित हुने सुत्केरी,अप्रेशन लगायत बिरामी लाई सेवा दिनु सरकारी मात्रै हैन निजी अस्पताल को पनि दायित्व रहेको जनाए। नेता थापाको नेतृत्वमा शुक्रवार कास्कीमा यी सबै कार्यलाई नजिक बाट नियाल्दै दुःख मा परेका लाई साथ दिने र सरकारले जारी गरेको नियम लाई उल्लंघन गरे प्रशासन समेत लाई जानकारी गरेर तपसिल बमोजिम का पोखरा का अस्पतालहरू मा नियमित निगरानी एवं खबरदारी गर्न ने.बि. संघको एक टोलि बनाइएको छ। पछिल्लो २ दिन पोखरा आसपासका अस्पताल र बिज्ञ हरू को नजिक बसेर केही समीक्षा गर्दा निजी,सरकारी का स्वास्थ्यकर्मी लाई आबश्यक स्वास्थ्यसामाग्री सहित मनोबल उच्च राख्ने गरी कार्य गर्नु अपरिहार्य रहेको कुरा विद्यार्थी नेता थापाले बताए। आफ्नो सामाजिक संजालमा शनिबार बिकास थापाले यस कोरोना महामारीको समयमा निजी अस्पताल र सरकारी अस्पताल समन्वय गरेर कसरी अगाडि बढ्ने भन्ने बिषयमा यस्तो तर्क प्रस्तुत गरेका छ्न, ” निजी अस्पतालका संचालक हरू दुःख नमान्नुहोला खबरदारी गर्नु, गुनासो गर्नु, भएका गल्ती सुधारको बाटो देखाऊनु,अपराध हुन सक्दैन। फेरी नेबिसंघ यस्तै कालरात्री हरू चिर्दै उज्यालो छरेको गौरबशाली संगठन हो ।
यस को अगुवाई हिजो रामेश्वर, कुशेस्कर, राम, लिला, गणेशमान जी,किशुन जीले गरेका थिए आज हामी छौ भोली फेरी अरु कोही आऊँला तर यसको स्वभाव, उद्देश्य, दायित्व, काम, कर्तब्य मा कुनै कमी आऊँने छैन भन्दै बिपी सुबर्ण का कार्यकर्ता हुँदा आजिबन गर्ब गर्ने प्रस्तुत गर्छु । गण्डकी प्रदेश मा यी सबै पक्ष हरू को बिच मा समन्वय गर्ने,सह- कार्य गर्ने सबै लाई हातेमालो गरी सगै लगेको देखिएन यो जिम्मेबारी कसको हो सायद पदिय जिम्मेबार ब्यक्ती र सरकार कै त होला नी हैन र ? गण्डकी प्रदेश र पोखरा आसपास लाई मध्यनजर गर्दै कोरोना बिशेष अस्पताल का रूप मा आवश्यक पुर्बाधार तयारी का साथ यसरी तीन ठाऊ चयन गरौ: १. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई चुस्त दुरुस्त राखौ! २. स्याङ्जा र धौलागिरी लाई अनुकुल हुने गरी फिस्टेल हस्पीटल गैर्हापाटन या जाल्पारोड मा रहेको युनिटी अस्पताल! ३. तनहुँ देखी मुग्लिंग सम्म लाई हुने गरी लेखनाथ एरिया को लेखनाथ सामुदायिक लायन्स अस्पताल! ” यस महामारीको समयमा कुनै ब्यक्तिमा कोरोनाको लक्षण देखिएर प्राइभेट अस्पताल जाँदा प्राइभेट अस्पतालले सरकारी अस्पताल पठाइदिने गरेको र सरकारी अस्पतालमा सिट क्षमता भन्दा धेरै बिरामी अस्पतालमा हुने एक समस्या र सरकारका लागि चुनौती उत्पन्न भएको जनाउँदै सबै निजी अस्पताललाई यो समयमा राष्ट्रियकरण गर्नुपर्ने विद्यार्थी नेता थापाले जनाए।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here