समाचार

सुनिताले एकैपटक जन्माइन् ४ सन्तान


पोखरा, २ माघ
पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा ४ सन्तानलाई जन्म दिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान ९ः०० बजे शल्यक्रियामार्फत ४ सन्तानलाई जन्म दिएकी हुन् । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल ४ सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।
पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका १ छोरा छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here