समाचार

स्थापना दिवसको अवसरमा आश्रममा सहयोग

पोखरा– ८ मा प्रदान कार्यालय रहेको सहयात्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एघारौं स्थापना दिबस मनाएको छ।

स्थापना दिवसको अबसरमा बिगत बर्षहरु झै यसबर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा एक सेट कम्पुटर र त्यहा रहेका बृद्ववदालाई जुस बितरण गरि मनाएको हो ।

सो आश्रमका कास्की जिल्ला संयोजक राजन सापकोटाले आश्रमको बारेमा जानकारी तथा संस्था स्थापना गर्नुको उदेश्य प्रकाश पार्नु भएको थियो भने विगत बर्षहरूमा गरेका सामाजिक गतिविधि तथा संस्थाको वारेमा कार्यवाहक अध्यक्ष रानाभाटले जानकारि गराए।

केही महिना अगाडि संस्थाले आफ्नो सेवा केन्द्र पोखरा ३० तालचोकबाट सुभारम्भ गरेर सेवा प्रदान गर्दै आएको छ।

संस्थाका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष चिन बहादुर रानाभाटको अध्यक्षतामा गरिएको सो कार्यक्रम सञ्चालन संस्थाका सचिब डा. राम्जि शर्माले गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here