समाचार

५० वटा रेष्टुरेन्टको स्वाद फुडरा मार्फत पोखरा

 फागुन ०७ पोखरा भित्र रहेका करिव ५० ओटा रेष्टुरेन्टमा बनेको खाना , खाजा न्युरोडमा रहेको फुडरा डेलिभरी मार्फत पाइने भएको छ।
२० लाखको लगानिमा १० जाना कर्मचारी सहित पोखरा क्षेत्रमा रहेका रेष्टुरेन्टमा पाकेको परिकार घर र कार्यलय सम्म पुर्याउने उद्देश्य रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । पोखरेलीहरुको ब्यस्त दैनिकीमा स्वास्थ स्वादिलो खाना, खाजा खुवाउने र आफुले रोजेको रेष्टुरेन्टको सुबिधा घरमानै उपलब्ध गराइने ।
पोखरामा पहिलो पटक रक्सी र हुक्का पनि होम डेलिभरी हुने डेलिभरीका सञ्चालक सेसिभ भुर्तेले बताए ।
रेष्टुरेन्टले बिहान ११ बजे बाट राती १२ बजे सम्म सेवा प्रदान गर्ने छ। एउटै एप्स मार्फत धेरै सेवा सुबिधा पाइने भएको हो । अडर ट्रेकिङ सिस्टम भएको हुदा अर्डर गरेको खाजा कहाँ आईपुग्यो भनेर घरमानै बसेर हेर्न सकिने छ । ग्राहाकले अडर गर्नको लागी फुडराको वेबसाइड फुडरा डट कम र फुडरा को फेसबुक पेज बाट अडर गर्न सक्नेछन् । शुभारम्को अबसरमा निशुल्क डेलीभरीको ब्यवस्था पनि रहेको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here