समाचार

ग्रिन फलेवास क्लिन बन्दै

साधना गौडेल
फलेवास, २० माघ

क्लिन फलेवास ग्रिन फलेवासको मुलधारा अगाडी सारेको फलेवासले हाल भने रुख काटने योजना ल्याएको छ । सुन्दा अचन्म लागेपनि ग्रिन फलेवासको नारा अगाडी सारेको ठाउँमा बन जङगल फडानी भइरहेको छ ।

फलेवास वडा नं. ५ साविकको खानिगाउँको निर्णयमा सम्पूर्ण स्थानीयको सहमति अनुसार घर, गोठ मन्रि, मठ विबुलीका तार नजिर र खेती गर्न योग्य जमिन वरपर रहेका रुख काट्ने अभियान सुरु भएको छ ।
‘गाउँमा बस्यो, न लगाएको अन्न भित्राउन पाईन्छ न घरमा भएको खाद्यान्न आनन्द सँग खान पाइन्छ । आफु बालबच्चा लिन जान नभ्याएको बेला बच्चालाई बाँदरले आक्रमण गर्छ कि भन्ने डर लाग्छ । साझमा कोही विरामी भएर गए पनि कति बाघले आक्रमण गर्छ कि भन्ने डर मनमा त्रास लिएर कति बस्ने ’ स्थानीय सन्ध्या वि.क.ले भने ।
यी र यस्तै विविध समस्याहरु स्थानीयले नगरपालिकालाई भनेपछि वडा नं. ५ ले यो योजना अठाडी ल्याएको हो ।

रुख धेरै हुँदा वन्यजन्तुहरु वस्तीमा प्रवेश गरेको र उत्पादनयोग्य जमिनमा रुख हुँदा उत्पादनमा ह्र«स आएको भन्दै वडाले घर गोठ, मठ, मन्दिर खोती योग्य जमिनको २५ मिटर र विजुलीको तारको १५ मिटर वरपर रहेका रुखहरु काटन,े रुखमा पनी कुनकुन जातको हो त्यसमा पनि भर पर्ने साल, चाप, विपल, वह, स्वामी राख्ने र फलफुलका पुराना रुख भए काटने नयाँ रुख भए १० फिट गराएर राख्ने निर्णय गरेको छ ।
गाँउ छाडेर अन्यत्रित बसाई सरेर ग्उकाहरुले भने यसको चर्को विरोध गरिरहेका छन् । सामाजीक सन्जालहरुमा यसको चर्को विरोध भएपछि रुख काट्नको लागि तत्काललाई भने स्थगित भएको छ । रुख फडानी गर्दा आप्mना बाँउ बाजेले सारेको चिनो यही थियो यो पनि विनाकारण फाड्दै छन । गाउँमा बसेर प्रगति गर्न सकेनन रुख फ|ड्न लागे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here