समाचार

पि एनमा अन्तरसम्वाद गोष्टी कार्यक्रम सम्पन्न

सविन रेग्मी

पोखरा, पुस ११
पत्रकारीताको वर्तमान चुनौति बिषयमा अन्तरसम्वाद गोष्टी सम्पन्न भएको छ । पृथ्बीनारायण क्याम्पस आमसञ्चार र पत्रकारीता अध्ययन गर्ने बि. ए पहिलो बर्ष समुहको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि पृथ्बीनारायण क्याम्पसका नेपाली बिभाग तथा पत्रकारीता विभाग प्रमुख प्रा. डा. कुुसुमाकर न्यौपानेले यसरी आमसञ्चार र पत्रकारीता अध्ययन गर्ने बिद्यार्थीले कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै उदाहरणीय पत्रकार बनेर समाजामा आउन सबै बिध्यार्थी लाई शुभकामना दिए ।
पृथ्बीनारायण क्याम्पसका प्रध्यापक बिष्णुप्रसाद गौतमले सबै जना सञ्चारको क्षेत्रमा भएको बताउदै परिभाषा मात्र फरक रहेको बताए । उनले अहिले सबै सगँ टेक्नोलोजी भएको कारण त्यसको उपयोग गरदै पत्रकारीता अध्ययन गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा पृथ्बीनारायण क्याम्पसका प्रध्यापक दिपक कुमार श्रेष्ठले सुचना लिने परीपाटीको विकास गर्नाले लेखन शैली राम्रो हुने बताए । लेखनामा प्रारम्भीक कुराहरुमा बिशेष ध्यान दिदै अहिलेको अबस्थामा आफ्नो भ्लग खोलेर हरेक दिन केहीन केही लख्ने बानी गर्नु पत्रकारीताको लागी राम्रो अभ्यास हुने बताए ।
अन्तरसंबाद गोष्टी कार्यक्रम पहिलो पटक गरेको बताउदै सबै पत्रकारीता अध्ययन् गर्ने बिध्यार्थी सहभागी हुनु पर्ने भन्दै आगामी दिनमा पनि निरन्तर रुपमा कार्यक्रम आयोजना हुने बिध्यार्थी गणेश बुढाले बताए ।
पृथ्बीनारायण क्याम्पसको कला भबनमा भएको कार्यक्रम क्याम्पसकै बि।ए प्रथम बर्ष आमसञ्चार र पत्रकारीताका बिध्यार्थी रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको हो ।उक्त कार्यक्रमको सञ्चालन बिध्यार्थी बालकासी गुरुङले गरेकी थिइन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here