समाचार

नो भ्याक्सिन – नो इलेक्स्न । नेविसंघको विरोध ।

सरकारको पछिल्लो गतिविधिको विरोध साथै भ्याक्सिनको माग राख्दै जनप्रिय बहुमुखि क्याम्प नेवि संघले राके जुलुस निकालेको छ । नेपाली जनताको मौलिक हक अधिकार स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा खेलवाड गर्ने विधावली सरकारलाई खारेज गर्न कानूनी र सडक संघर्सनै अन्तिम बिकलप बनेको नेवि संघ नेता शिबिर श्रेष्ठले बताए । आफुले गरेको विरोध सत्ता प्राप्तिको लागि नभएको र सदैब जनताको प्रयोग मात्र गर्ने तर उनीहरुको हक अधिकारबाट जनता बन्चित गराउने जो कोहि सङ पनि हामी लड्न तयार रहेको ने वि संघ नेता शिवम साही थकुरीले जानकारी दिए ।
 
साथै उनले बिध्यावलिको सर्वसत्तावादी चालको बिरुद्धमा सबै नेपालिहरु गोलवद्द भएर प्रतिकार गर्न जरुरी रहेको बताए । अहिलेको कोरोना माहामारिमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता हो १ सबै सचेत नेपालीहरु कोरोना महामारिबाट बाचौ र बचाऔ भन्ने सन्देश गौरव वरालले दिए कार्यक्रममा वाड न.१७ का सभापति शिविर श्रेष्ठ उप सभापति नवराज थापा , गुप्तेश्वोर बहुमुखी क्याम्पसका सभापति शिवम साही थकुरी ,जनपृय बहुमुखी क्याम्पस का उप सभापति समीर अधिकारी,छोरेपाट्न माध्यामिक विद्यालयका उप सभापति निकेश बराल र नेता निपेश मगर र अन्य नेताहरुको उपस्थिति भयो।
 
विद्यार्थीहरुको भबिस्य अन्योल मा छ, जनात आक्सिजनको लागि लडाइँ गरिरहेका छन,वयव्साय बन्द छन , देश कोरोना भाइरसले आक्रन्त भएको बेला झन मुलुकको संविधानको हत्या गर्न खोज्नुले लोकतान्त्र माथी ठूलो प्रहार भएको र सरकारको बर्तमान प्रतिगमन संविधानमाथीको चिर हरणलाई रोक्न नसकेर आफुहरु प्रतिकारमा उत्रिनु परेको ,जनता र विद्यार्थीको माग सरकारले अझै पनि नसुन्ने हो भने आन्दोलनको आधी बेरि आउने र तेस्को जिम्मा सोयम प्रसास्न हुन पर्ने र यो सुरुवातहो हाम्रो आन्दोलन अब टिकट दिलाउनकालागी हैन भयाक्सिन दिलाउनकालागि हो र माग पूरा नभए सम्म दिनहु कास्कीको विभिन्न ठाँउहरुमाआन्दोलन र प्रतिकार गरिराख्ने कास्कीका नेता निर्दोष बिक्रम पौडेलले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here