अन्तर्राष्ट्रियपत्रपत्रिकापर्यटन

‘अधिकांश आरोहणमा भ्रष्टाचारको लामो रेकर्ड’

काठमाडौं, जेठ १४ । सगरमाथामा आरोहीहरुको मृत्यु हुनुको कारण आरोहण मार्गमा अत्यधिक घुइँचोमात्र नभएको पर्यटन विभागले दाबी गरेपनि अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले भने यसलाई अस्वीकार गरेका छन् । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स्ले मंगलबार समाचार प्रकाशित गरी ‘नेपाल सरकारले आरोहणमा धेरैलाई अनुमति दिएर बढी शुल्क असुल्न खोज्नु नै आरोहीहरुको मृत्यु हुनुको प्रमुख कारण’ भएको लेखेको छ । अत्यधिक आरोहीहरुकै कारण यस वर्ष सगरमाथा आरोहणकाक्रममा धेरै आरोहीहरुको मृत्यु भएको पत्रिकाले छापेको छ । नेपालमा सगरमाथा आरोहणमा कुनै कडा नियम नभएको भन्दै न्यूयोर्क टाइम्स्ले अधिकांश आरोहणमा कमजोर नियमन, गलत व्यवस्थापन र भ्रष्टाचारको लामो रेकर्ड रहेकोसमेत दाबी गरेको छ । विगतमा आरोहणको सुरक्षा कमजोरीलाई चर्कोरुपमा उठाइपनि यो सिजनमा नेपाल सरकारले ३८१ जनालाई आरोहणको अुनमति दिएर रेकर्ड कायम गरी आरोहणलाई व्यवसायीकरणतर्फ धकेलेकोसमेत जनाइएको छ । विख्यात आरोहीहरुले ट्राफिक जाम र अनुभवहीन आरोहीहरुलाईसमेत आरोहीहरुको मृत्यु हुनुको एउटा कारणकारुपमा व्याख्या गरेका छन् । यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणकाक्रममा १० जनाको मृत्यु भएको छ भने धेरैजना हराइरहेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here