पत्रपत्रिका

तेरो र मेरो नभनी राहत संकलन एवं पारदर्शी वितरणमा सहभागी हौं : शुक्रराज न्यौपाने

सम्पुर्ण गैर आवासीय नेपाली साथीहरूमा नमस्कार! Covid 19 बाट प्रभाबित साथीहरूमा आत्मबल बलियो बनोस हाम्रो कामना साथै सम्पुर्णमा सतर्कता अपनाउँदै सुरक्षित हुनु हुन्छ भन्ने आशा गर्दछु ! सामाजिक संघ संस्थाको शक्ति संस्थाको कार्यं शैली , बिचार , व्यवहार र सदस्यहरुको सहभागीतामा निहित हुन्छ । उक्त कार्यं शैलीले नै संघ संस्थालाई दिशानिर्देश गर्दछ र लक्ष दिएको हुन्छ भने कार्यक्रम र सदस्यहरुले संगठनलाई जिवन र गति । नेतृत्वले सदस्य र सदस्यले जनमानस लाई आफ्नो विचार र कार्यं संपादनको कुशलता द्वारा उत्प्रेरित गरिरहेका हुन्छन ।धेरै कार्यक्रम भन्दा एउटा प्रभावकारि र आवश्यक कार्यक्रम दिनुस त्यसले लाखौ जनमत निर्माण गर्दछ र तेसको सफलता संगै जनताको भरोसा वन्दै हजारौं मनहरूलाई समाजमा जोडदछ । सफलताको सूचक र शक्तिको मानक विन्दु यहि हो । गैर आवासीय नेपाली संघमा पनी कहिलेकाही नेतृत्वको विभेदकारी व्यवहार , मै हु भन्ने घमण्डपन , संख्या गत बहुमतको हिसाब किताब अनी व्यक्ती वादी सोचले गर्दा संस्थाले गरेकोे राम्रो काम पनी सबैले अपनत्व गर्ने अवस्था नहुने हुदा सोचे अनुरुपको प्रतीफल प्राप्त गर्न सक्दैन ।
विचार र राम्रो योजना शक्ति संख्यामा जोखिदैन ,संख्या अस्थायी हुन्छ र वैयक्तिक पनि ।कुनै समय पृथ्वी गोलों छ भन्ने ग्यालिलियो एक्लै थिए , पृथ्वीलाई चेप्टो मान्ने सत्ता र सत्तालाई सवैथोक ठान्ने भिडले उनलाई मुर्ख वनायो । आज तेही सहि मानिन्छ जो ग्यालिलियोले मान्दथे । यो समयले ग्यालिलियोलाई चिन्दछ , उनको समयको निरन्तर मन्त्रि र राजा को थिए , कसैलाई चिन्दैन भने जस्तै हामीले राम्ररी मनन गर्न जरूरी छ । यही परिबेसमा गैर आवासीय नेपाली संघ, अंतरास्ट्रीय समन्वय समिती , विभिन्न छेत्रीय समिती र रास्ट्रीय समन्वय समितीले आफ्नो आफ्नो ठाउ बाट यो बीपदमा आफ्ना सदस्य एवं गैर आवासीय नेपालीको हितमा कार्यं गर्नु आफ्नो अहिलेको प्रमुख कर्तव्य हो भन्ने कुरा लाई भुल्नु हुदैन । गैर आवासीय नेपाली संघको एक निस्वार्थी सदस्य भएको नाताले सम्पुर्ण अभियंता , अग्रज , कार्यसमितीका अधक्ष्य लगायत पदाधिकारी , संरक्षक , सलाहकार एवं सम्पुर्ण सदस्य हरुमा यो परिस्थितीमा तेरो र मेरो नभनी राहत संकलन एवं पारदर्शी वितरणमा सहभागी हुन हार्दीक आव्हान गर्दछु । र अन्त्यमा ” केरा पाक्दा मामा आएनन , मामा आउदा केरा पाकेन । मामा पनी आउदा केरा पनी पाक्दा दशै आएन” भने जस्तो नहोस भन्ने भनाईलाई मनन गर्दै सबैले आफ्नो सामजिक एवं मानवीय दायित्व एवं जिम्बेवारीको पुर्ण ज्ञान सहित यो बिषम परिस्थितीमा एक भएर आगाडी बड्नु को विकल्प म देख्दिन । जय एन आर एन । शुक्रराज न्यौपाने उप संयोजक युरोप गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here