पत्रपत्रिका

पूर्व राजाद्वारा बहिनीसँग भाइटीका ग्रहण

Gynandra-Shah_Bhaitika_2076-24-1024x576

काठमाण्डौ – पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ ।

पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उहाँले त्यसअघि नै टीका लगाउनु भएको थियो ।  पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’

त्यस्तै नेपाली राजनीतिक परिवर्तनप्रति पनि उहाँले संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो, ‘कुनै पनि परिवर्तन हुँदा दुइटा कुरा महत्वपूर्ण हुन्छ प्रवृत्ति र विकास । यो कुरा बुझिएन भने परिवर्तन हुँदैन । सर्वसाधारणले सरल र सहज ढंगले अनुभव गर्ने कुरा नै विकास हो ।’

त्यस्तै लक्ष्मीपूजाका दिन आफूले विशेष रुपमा देश र सम्पूर्ण नागरिकका लागि प्राथना गरेको बताउँदै उहाँले भन्नुभयो, ‘कति धन नहुनेले धन वृद्धिको प्राथना गरे होलान् तर मैले चाहिँ धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्राथना गरेको थिएँ ।’ त्यहीँ दिन आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको ‘सुख भनेको के हो ?’ भन्ने कुरा सम्झेको पनि उहाँले बताउनुभयो ।

पूर्वराजाले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गरेका छन् ।

Photo credits : https://deshsanchar.com

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here