पत्रपत्रिका

पोखरा ६ भल्छोपुवामा राहत वितरण

नेपाली कांग्रेस पोखरा ६ क्षेत्र इकाई ५ भल्छोपुवा मा राहत वितरण कार्यक्रम मा राहत वितरण भएको छ ।

वार्ड नम्बर ६ ईकाई सभापति बलराम गिरी र क्षेत्र ५ को संयोजोक वुद्धिनाथ पाण्डे साथै सम्पूर्ण टीम लगायत ७ टोल समितिको सहयोगमा सम्पन्न भएको थियो ।

कांग्रेस सभापति बलराम गिरिले नेपाली कांग्रेस जनताको हरेक सुख दुःखमा साथ दिने र सहयोग गर्ने पार्टी रहेको जनाउँदै कोरोना महामारीले जनता दुखमा परेको हुँदा दुःखि जनतालाई खानपिनको समस्या नहोस् भनि आफुहरुले राहत बितरण गरेको बताए। राहतको लागि रकम वडाभित्रका कांग्रेस नेताहरुबाट संकलन गरिएको थियो भने नपुगेको रकम पार्टीको कोषको रकम प्रयोग गरिएको कोषाध्यक्ष तेजनाथ न्यौपानेले बताए।
साथै कार्यक्रमका लागि आवश्यक सयौंँ मास्क र सेनिटाइजर पठाएर आफुहरुलाई सहयोग गर्नुभएकोमा नेपाली कांग्रेस संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेस पोखरा ६ सभापति बलराम गिरिले हार्दिक धन्यवाद व्यक्त गरेका थिए। यस कार्यक्रम पवित्रा थापा र सविना तिमिल्सिनाको संयोजकत्व रहेको थियो | यस राहत वितरण कार्यक्रमले दुखिलाई निकै सहयोग भएको ने बि संघका नेता नवराज सुनार ले बताए

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here