पत्रपत्रिकाराष्ट्रिय

वितरणमुखी बजेट आयो, महङगी बढाउँछ : काङग्रेस सभापति देउवा

नेपाली काङग्रेका सभापति शेर बहादुर देउवाले नेकपाको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन ।

सरकारले ल्याएको बजेट गफले भरिपुर्ण भएको र यसले महङगी बढाउने उनको तर्क छ । सरकारले ल्याएको बजेटले रोजगारी पनि सिर्जना गर्न नसक्ने उनले बताएका छन । आफु सरकारले ल्याएको बजेटबाट सन्तुष्ट नभएको उनको प्रतिक्रिया रहेको छ ।

बजेट पपुलिष्ट आयो, रोजगारी सिर्जना हुँदैन ; डा बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट पपुलिष्ट आएको टिप्पणी गरेका छन् ।बजेट भाषण सकिएपछि संघीय संसद्मा टिप्पणी गर्दै भट्टराईले रोजगारी सिर्जना नगर्ने बताए ।

‘निजी क्षेत्र सुधारको अपेक्षा गरेको थिएन,। सारमा हेर्दा पपुलिष्ट र बितरणमुखी बजेट आएको छ,’भट्टराईले भने । उनले बजेटले रोजगारी सिर्जना नहुँने बताए ।

आयकरको न्यूनतम सिमामा छुट, कसले कति तिर्नुपर्छ ?

अर्थमन्त्री डा. युवराज खतिवडाले आयकरको न्यूनतम सिमा बढाएका छन् । अन्य दरहरु भने यथावत राखेका छन् ।
अब अविवाहित व्यक्तिले वार्षिक ४ लाख आम्दानी गर्दा १ प्रतिशत कर लाग्छ भने विवाहितको हकमा साढे ४ लाख बनाइएको छ ।

यो भन्दा अगाडि अविवाहितको लागि साढे ३ लाख र विवाहितको लागि ४ लाखको सिमा तोकिएको छ । अन्य आयकरको व्यवस्था भने यथावत राखिएको छ ।

आर्थिक वर्ष ०७६ र ७७को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड, अर्थमन्त्रीले कहाँबाट जुटाए यति पैसा ?

सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब९६ करोड रुपैयाँबो बजेट ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा सो बराबरको बजेट प्रस्तुत गर्दै ९ खर्ब ५७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ चालू र ४ खर्ब ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ विकास खर्चका लागि छुट्याएका छन् ।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।यसकारी लागि अर्थमन्त्री खतिवडाले सवा ९ खर्ब ८१ अर्ब राजस्व, ५७ अर्ब अनुदान, बैदेशिक ऋण २ खर्ब ९८ अर्ब, आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँबाट उठाउने अर्थमन्त्रीले जानकारी दिए ।

बजेटमार्फत सेयर लगानीकर्तालाई बम्पर उपहार, लाभकर अब ५ प्रतिशत मात्र

सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना हुने भएको छ ।सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।

कर्मचारीको तलब २० प्रतिशतले बढ्यो, अब कस्ले कति पाउँछन् ? (सूचिसहित)

सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६-०७७ को बजेट प्रस्तुत गर्दै कर्मचारीहरुको तलबमा सुरुको तलब स्केलमा राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएको हो ।

कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ ।

त्यस्तै, राजपत्र अनंकिततर्फको २० प्रतिशतले वृद्धि भई नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ ।

त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।

हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ ।कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।

१५ खर्ब ३२ अर्बको बजेट, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब

सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याएको छ । सामाजिक सुरक्षा भत्तादेखि सांसदलाई बजेटसम्मका कार्यक्रम समेटेर सरकारले लोकप्रिय बजेट ल्याएको छ ।

बजेटको स्रोत जुटाउन सरकारले राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड उठाउने, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड जुटाउने योजना छ । अपुग ४ खर्ब रुपैयाँ मध्ये २ खर्ब ९८ अर्ब वैदेशिक ऋणबाट र अरु१ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।

एम्बुलेन्स खरिदमा अब भन्सार छुट !

सरकारले हरेक स्थानीय तहमा एउटा एम्बुलेन्स सुविधा पुर्‍याउन एम्बुलेन्स आयात तथा खरिदमा भन्सार छुट दिने भएको छ ।

अब स्थानीय तहका गाउँपालिका, नगरपालिका र महानगरपालिकाले एम्बुलेन्स खरिद गर्दा भन्सारमा लाग्ने कर छुट दिने भएको हो । अब स्थानीय तहले एम्बुलेन्स खरिद गर्दा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

अहिले धेरैजसो भारतबाट आयात गरिने एम्बुलेन्स भन्सार शुल्कका कारण महंगो पर्ने गरेका छन् । कम्तीमा बिरामीले ज्यान गुमाउनु नपरोस् भन्नका लागि सरकारले एम्बुलेन्स खरिदलाई सहुलियत दिन भन्सार छुट दिने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

बजेटले ल्याएको खुशी : चार लाखसम्म कमाउनेलाई आयकर नलाग्ने

आर्थिक वर्ष २०७६-२०७७ का लागि सरकारले ल्याएको बजेटमा आयकरको दर यथावत राखिएको छ ।

आयकरको दर नबढाए पनि सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा भने परिवर्तन गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ४ लाख बनाइएको छ ।

त्यस्तै दम्पतीतर्फको कर नलाग्ने रकमको सीमा ४ लाख रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ। करको दर भने यथावत राखिएको छ ।

१५ खर्ब ३२ अर्बको बजेट, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब

सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ खर्च छुट्याएको छ । सामाजिक सुरक्षा भत्तादेखि सांसदलाई बजेटसम्मका कार्यक्रम समेटेर सरकारले लोकप्रिय बजेट ल्याएको छ ।

बजेटको स्रोत जुटाउन सरकारले राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड उठाउने, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड जुटाउने योजना छ । अपुग ४ खर्ब रुपैयाँ मध्ये २ खर्ब ९८ अर्ब वैदेशिक ऋणबाट र अरु१ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने बजेटमा उल्लेख छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here