खेलकुद

टी-१० लिग आजबाट, पारस र सन्दीपको खेल कहिले ?

काठमाडौं : नयाँ ढाँचाको क्रिकेट प्रतियोगिता टी–१० लिग आजबाट यूएईमा सुरु हुँदैछ। यूएई क्रिकेट बोर्डको आयोजनामा हुने १० ओभरको क्रिकेट लिगको यो तेस्रो संस्करण हो । यो क्रिकेट प्रतियोगिता मध्येकै सबैभन्दा छोटो ओभरको खेल हो । यसमा भारतीय कम्पनीहरुको लगानीमा तयार भएका ८ फ्रेन्चाइज टोलीहरु सहभागी छन्।

यस वर्षको यस लिगमा गतसाल नै यस प्रतियोगितामा भाग लिइसकेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्का पनि सहभागी छन् । पारस र सन्दीपको सहभागिताले यो लिग नेपालीका लागि निकै चासोको विषय बनेको छ ।

यस प्रतियोगितामा सहभागी टीमलाई दुई समूहमा विभाजित गरिएको छ।
समूह ए

बंगला टाइगर्स
कर्नाटक तुस्कर्स
डेक्कान ग्लाडियटर्स
दिल्ली बुल्स

समूह बी 

क्वालान्डर्स
टिम अबुधाबी
मराठा अर्बियन्स
नर्देन वारियर्स

सन्दीप लामिछाने समूह ए मा रहेको कर्नाटक तुस्कर्समा आवद्ध छन् भने पारस समूह बीमा रहेको टिम अबुधाबीमा आवद्ध छन् । शुक्रबारबाट सुरु हुने प्रतियोगिता १० दिनसम्म चल्नेछ। समूह चरण, सुपर लिग चरण, क्वालिफायर फाइलन गरी २९ वटा खेल हुनेछन् ।  सबै खेलहरु अबुधाबीको शेख जायद मैदानमा हुनेछन् ।

शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबारको तेस्रो खेलमा पारस खड्का आवद्ध टिम अबुधाबीले क्वालान्डर्सविरुद्ध खेल्दैछ। पहिलो खेल नेपाली समय साँझ ६ः१५ बजे सुरु हुनेछ । पारसको टोलीको खेल भने नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु हुनेछ।

सन्दीप लामिछाने आवद्ध टोलीको खेल टोली  कर्नाटक तुस्कर्सले भने शनिबार दिल्ली बुल्सको सामना गर्दैछ।  फरक समूहमा भएकाले पारस र सन्दीपका टिम समूह चरणका खेलमा एकअर्काविरुद्ध भने खेल्ने छैनन्। सन्दीप र पारसले अन्तिम ११ स्थान बनाई कतिवटा खेलमा खेल्ने अवसर पाउलान भन्नेमा भने उनीहरुको प्रदर्शनले निर्धारण गर्ला।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here