खेलकुद

नेपाल ३ विकेटले पराजित

पोखरा, १० भदौ

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर–१९ एसिया कप प्रतियोगिताको तयारी स्वरुप नेपाल यु–१९ टिम आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब सिन्हालिज स्पोर्ट्स क्लब यु–२३ संग ३ विकेटले पराजित भएको छ । खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा सिन्हालिजले अन्तिम बलमा लक्ष्य ७ विकेट गुमाएर पुरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा सिन्हालिजले राम्रो सुरुवात गर्यो । पहिलो विकेटको लागि ओपनर अभिस्का र इशानले १०६ रनको साझेदारी गरे । २४ औं ओभरमा पवन सर्राफले अभिस्कालाई ५२ रनमा क्याच आउट गराए । लगत्तै ६२ रन बनाएका इशानलाई कमल सिंह ऐरिले क्याच आउट गराउदै नेपाललाई खेलमा फर्काए । त्यस पछि सुर्य तामांगले तेश्रो विकेट दिलाए भने पवन सर्राफले चौथो र पाँचौ विकेट दिलाउँदै खेलमा नेपाललाई हावी बनाए ।
त्यस पछि थप २ विकेट झर्दा सिन्हालिज ४० औं ओभरमा २१०÷७ को अवस्थामा रहेको थियो । नेपाल जिततर्फ बढ्ने परिस्थिति बन्दै गएको थियो सोहि अवस्थामा सिन्हालिज ब्याट्सम्यान थिलानले आक्रामक ब्याटिंग गरे । रासिद खानले गरेको ४१ औं ओभरमा १६ रन बन्न पुग्दा सिन्हालिज खेलमा फर्कियो । अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रहेको अवस्थामा कमल सिंह ऐरिले उत्कृस्ट बलिङ्ग गर्दै नेपाललाई जित दिलाउने प्रयास गरे ।
अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहँंदा नेपाली फिल्डरले क्याच ड्रप गर्न पुगे जसको फाइदा उठाउँदै सिन्हालिजले खेल अन्तिम बलमा जित्न सफल रह्यो । ४२ ओभरमा उसले ७ विकेट गुमाएर २ सय ४१ रन बनायो । नेपालको बलिङ्गमा पवन सर्राफले सर्वाधिक ३ तथा कमल सिंह ऐरिले २, सागर ढकाल र सुर्य तामांगले १÷१ विकेट लिए ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रनको योगफल तयार गरेको थियो । नेपालले राम्रो सुरुवात गर्यो । पहिलो विकेटको लागि पवन सर्राफ र रित गौतले अर्धशतकीय साझेदारी गरे । ५८ रनको योगफलमा १३ औं ओभरमा पवन ३० रन बनाएर आउट भएपछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो । रित गौतम ३१, लोकेश बम १ तथा कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए ।
५८÷१ को अवस्थाबाट ९६÷४ पुगेको नेपाली टिमलाई तेस्रो नम्बरमा ब्याटिंग गरेका आसिफ शेखले धैर्यतापूर्वक ब्याटिंग गर्दै अघि बढाए । यस क्रममा उनलाई सन्दिप जोराले साथ दिए । जोरा ३३ रन बनाएर आउट भएपछि हरि चौहानसंग आसिफले अर्धशतकीय साझेदारी गरे र व्यक्तिगत अर्धशतक पनि पुरा गरे । इनिंगको अन्तिममा आक्रामक ब्याटिंग गरेका आसिफ ठूलो सट खेल्ने चक्करमा ४० औं ओभरमा लंग अनमा क्याच आउट हुन पुगे ।
आसिफले ८८ रन बनाएर लामो समय देखिको रनको खडेरी तोड्दै फर्ममा फर्केको संकेत गरे । कुशल मल्ल १० रन बनाएर आउट भए । अन्तिममा भिम शार्कीले अविजित १५ तथा हरि बहादुर चौहानले अविजित १५ रन बनाए ।
नेपालले श्रीलंका टुर अन्तर्गत ३ वटा अभ्यास खेल खेल्नेछ । दोश्रो अभ्यास खेल बिहीबार (अगस्ट २९) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ । यस्तै शुक्रबार (अगस्ट ३०) टिमले चीला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ । ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here