खेलकुद

पृथ्विनारायण क्याम्पसमा भोली देखि बास्केटबल प्रतियोगिता

पृथ्विनारायण क्याम्पस बास्केटबल क्लबको आयोजनामा माघ १४ देखी १६ माघ सम्ममा हुन लागेको स्नातक तह अन्तर क्याम्पस स्तरीय बास्केटबल प्रतियोगितामा हुने भएको छ ।
पृथ्वीनारायण क्याम्पस बास्केटबल कोर्ट मा हुन लागेको उक्त प्रतियोगीताबाट उठेको रकम पृथ्विनारायण क्याम्पस बास्केटबल कोर्ट मर्मत र निर्माण गर्ने उद्देश्य भएको बि बि ए का दिनेश भण्डारीले जानकारी दिए ।

खेल शुरु हुने विहान ८ः०० बजे बाट हुने छ । औपचारिक कार्यक्रम भने विहान १०ः०० बजे बाट हुने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार छात्र तर्फ रु २५००० र छात्रा तर्फ १० हजार र दोस्रो पुरस्कार छात्र तर्फ १५००० र छात्रा तर्फ ५००० रहेको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here