खेलकुद

फुटबल मैदानमा दुबो विछ्याउन ढिलाई

पोखरा, १ कात्तिक
पोखरा रंगशालाको फुटबल मैदानमा दुबो विछ्याउन अझै एकसाता भन्दा बढी समय लाग्ने देखिएको छ । भारतको कोलकत्ताबाट माटोसहितको चपरीयुक्त दुबो आउन समय लागेपछि मैदानमा विछ्याउने समय लम्बिदैं गएको छ । चरण चरणमा चपरी आएपछि मैदान पूर्णरुपमा हरियाली बन्न समय लाग्ने प्रष्ट छ ।
पहिलो चरणमा असोज ९ गते चपरी आईपुगेको थियो । १५ हजार स्क्वायर फिट चपरी विछ्याएको २२ दिनपछि दोस्रो चरणको चपरी आईपुगेको छ । दोस्रो चरणमा २० हजार स्वाक्वयर चपरीलाई पोखरा रंगशाला फुटबल मैदानमा विछ्याईसकिएको छ ।
अझै ५५ हजार स्वाक्यर चपरी आउन बाँकी छ । ‘हामी हप्ता दशदिनभित्रमा मैदानमा चपरी विछ्याईसक्ने लक्ष्यमा छौं’, पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी) का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने, ‘बाँकी चपरी एकैसाथ कोलकत्ताबाट आईपुग्ने छ ।’ उनका अनुसार कोलकत्ताबाट आउन न्युनतम ३ दिन लाग्ने भएपनि भन्सारकै कारण केही दिन थन्किन्छ ।
मैदानको दुबोयुक्त चपरीको लागि भन्सारमा केही दिन थन्किदाँ दुबो पहेंलो हुदैं डढ्दै गएको छ । विछ्याइएको चपरीको हेरचाह र संरक्षण गर्न पश्चिम बंगालका कामदार नै खटिएका छन् । उनीहरूले दुबोको अवस्था हेर्दै नसरेको ठाँउमा नयाँ चपरी विछ्याउने तयारी गरिरहेका छन् । एउटा दुवोको चपरी १० बर्ग्फिटको छ । टुक्रा टुक्रा चपरी बनाई ल्याएको छ । एउटा घाँसको चपरी २.५ फिट चौडाई र ४ फिट लम्बाईको छ ।
मैदानसँगै ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे गरिदैं छ । कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । कालोपत्रेसँगै ट्रयाकमा सिन्थेटिक राख्ने काम शुरु हुने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ ।
ट्रयाक कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ । गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो । नोभेम्बरको पहिलो साता सिटको सामान पोखरा आईपुग्नेछ । १५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना कम्पनीको छ ।
‘१२ वटा शौचालय निर्माण गरिसकेका छौं’, उनले भने, ‘बाँकी ५ वटा पछि निर्माण गरिने छ ।’ स्टिलको ग्राण्ड स्ट्याण्डका लागि आवश्यक फाउण्डेशनको पूर्वाधार पुर्व र पश्चिम तर्फ तयार गरिएको छ । स्टिल मोडुलर सिष्टमको प्यारापिटको आवश्यक सामान भने नोभेम्बर ७ भित्रमा सम्भवत पोखरा आईपुग्नेछ ।
‘२२ अक्टोबरमा मलेसियन प्राविधिकहरूले पोखरा रंगशाला आईपुग्ने छन्’, उनले भने, ‘उनीहरूले सम्पूर्ण फाउण्डेशनको काम हेरेर फर्किने छन् । त्यसपछि सामानसँगै जडानको लागि फेरी पोखरा आउने छन् ।’
१६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुनेछ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कात्तिक १५ भित्रमा सक्ने बोर्डनलाईन तय गरिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here