खेलकुद

मनाङ र मच्छिन्द्रका खेलाडीबीच मैदानमै घम्साघम्सी(फोटोफिचर)

काठमाडौं, पुस २१

सहिद स्मारक ए डिभिजन लिगको रोमाञ्चक भिडन्तमा उपाधि होडमा रहेका मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबका खेलाडीबीच मैदानमै घम्साघम्सी भएको छ।

सोमबार २-२ गोलको बराबरीमा खेल सकिएलगत्तै खेलाडीबीच हात हालाहाल भएको थियो।

रेफ्रीले अन्तिम सिठ्ठी फुकेलगत्तै मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रको दीपक राईबीच भनाभन भएको थियो।

त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिए।

त्यसपछि दुवै टिमका खेलाडीबीच घम्साघम्सी झन् बढ्यो।

घम्साघम्सीमा टिमका अफियलहरू समेत थिए। त्यसपछि मैदानमा खटिएका सुरक्षाकर्मीले झगडा छुट्याएका थिए।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले खेलाडीहरूले अनुशासनहीन व्यवहार गरेको बताए।

उनले मनाङका जगजितले मुख छाडेपछि झगडा सुरू भएको दाबी गरे।

खेलका दौरान जगजितले मच्छिन्द्रका खेलाडीहरूलाई ताकेरै हानेको देखिएको थियो।https://raracms.setopati.com/uploads/shares/2020/sujita/football1/football (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/football1/football (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/football1/football (1).jpghttps://raracms.setopati.com/uploads/shares/2020/sujita/football1/football (1).jpg

 

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here