खेलकुद

माटोरहित सरफ ‘क्लिन एड’

पोखरा, ९ भदौ
नेपाली बजारमा सयौं स्वदेशी तथा विदेशी कम्पनीका डिटरजेन्ट पाउडर (सरफ) छन् । यही भिडमा नेपाली उत्पादन क्लिन एड डिटरजेन्ट पाउडर पनि आएको छ । यो पाउडर यसैवर्षदेखि उत्पादन भएको हो ।
स्वच्छ नेपाल, स्वस्थ नेपाल नारासहित सिमरास्थित क्लिन एड नेपालले उक्त सामग्री उत्पादन गरी बजारमा ल्याएको हो । यो कम्पनीले विभिन्न साइजमा डिटरजेन्ट पाउडर (सरफ), भाडा धुने सावुन, जाली, स्टिल प्याड, स्क्रप प्याड, नाइलन फम उत्पादन गरेको छ ।
कम्पनीले छिट्टै स्याम्पू, ट्वाइलेट क्लिनर (हर्पिक), ग्लास क्लिनिर, ह्याण्ड वास लिक्युड बजारमा ल्याउने कम्पनीका नेशनल सेल्स म्यानेजर कमल पौडेलले जानकारी दिए ।

क्लिन एड डिटरजेन्ट पाउडर (सरफ)

यो डिटरजेन्ट पाउडर उच्च गुणस्तरीय रहेको कम्पनीको दावी छ । क्लिन एडको डिटरजेन्ट पाउडरले भारतका अधिकांश डिटरजेन्ट पाउडरसंग प्रतिस्पर्धा गर्न सक्ने कम्पनीको दावी छ । साथै यो पाउडर डोलोमाइट (एक प्रकारको माटो) प्रयोग गरिएको छैन । यो निकै मीठो सुगन्धयुक्त पाउडर हो । कम्पनीको दावी अनुसार क्लिन एड डोलोमाइट प्रयोग नगरिएको एकमात्र सरफ हो । यो हाल १०, ५० र १०० रुपैयाँको साइजमा बजारमा आएको छ ।
कम्पनीका सेल्स म्यानेजर पौडेलका अनुसार यो डिटरजेन्ट पाउडरलाई वासिङ मेशिनमा निर्धक्कसंग प्रयोग गर्न सकिन्छ । पाउडरमा प्रयोग हुने लप्सा भन्ने तत्व अन्यमा भन्दा बढी पाइने भएकाले यो पाउडर पानीमा घोलेर आधा घण्टा कपडा भिजाए पछि साबुन प्रयोग गर्न पर्दैन । यो पाउडरमा धोएको कपडा सुकेपछि मात्र मीठो सुगन्ध आउँछ ।
डिस वास (भाडा धुने) सावुन
क्लिन एड सावुनले भाँडा धुँदा पानी कम लाग्ने कम्पनीको दावी छ । अन्य साबुनमा सिमेन्ट प्रयोग गरिएको भए पनि यो साबुनमा सिमेन्ट प्रयोग गरिएको छैन । यो सावुनले किटाणुसमेत मार्ने कम्पनी सेल्स म्यानेजर पौडेलले बताए । अन्य सावुनमा १० एक्टिभ हुन्छ भने यो साबुनमा १५ एक्टिभ हुने भएकाले थोरै साबुन प्रयोग गरी धेरै भाँडा धुन सकिन्छ । मूल्य निकै सहुलियत र गुणस्तरमा विदेशी कम्पनी भन्दा केही फरक नभएको पौडेलले दाी गरे ।
गण्डकी–धवलागिरिका लागि न्यू क्षितिज

कम्पनले पोखराको साथै गण्डकी–धवलागिरिमा समेत बजार विस्तार गरेको छ । कम्पनीले यसअघि जनकपुर र काठमाडौंमा समेत बजार विस्तार गरिसकेको छ । गण्डकीका धवलागिरिका लागि पोखराको न्यू क्षितिज ट्रेडर्स आधिकारिक विक्रेता हो भने यस अन्तर्गत प्राप्ति सप्लायर्स फूलवारी, महाचण्डी सप्लायर्स नदीपुर, केपी इन्टरप्राइजेज विरौटा र आरपी विद्या सपिङ लेखनाथमार्फत यस क्षेत्रमा क्लिन एडका उत्पादन बजारमा पुग्नेछन् ।
क्लिन एडका यी सामग्रीले छिट्टै बजार हिस्सा ओगट्ने न्यू क्षितिज ट्रेडर्सका सञ्चालक हरिराज पन्तले जानकारी दिए । उनले आफ्नो व्यवसायिक अनुभव, प्रोफेशनलका कारणले पनि यी सामग्री लोकप्रिय बन्ने दावी गरे । पन्तले क्लिन एड कम्पनीले व्यापारसंगसंगै विद्यालय सफाइ अभियान पनि सञ्चालन गर्ने जानकारी दिए । नेपाली उत्पादनका कारण विदेशी उत्पादनहरु नेपाली बजारमा विस्तारै कम हुँदै गएको अनुभूति आफूलाई भएको पन्तले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here