खेलकुद

राजिङ्ग स्टारद्वारा खेलाडीलाई सम्मान

लेखनाथ, ११ माघ
पोखरा–२७ स्थित राईजिङ्ग स्टार युथ क्लबले एक कार्यक्रमका बीच खेलाडीको सम्मान गरेको छ । क्लवले युवाहरुलाई सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि वढाउदै आएको पोखरा–२७ को राईजिङ्ग स्टार युथ क्लबले आयोजना गरेको राईजिङ्ग स्टार कप पाँचौं पुरुष भलिवल प्रतियोगिता अन्तरगत खेलाडी सम्मानको कार्यक्रम राख्यको हो ।
पोखराको ढुंगेसाँघुमा सम्पन्न नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ का विजयी वडा नं. २७ मा बसोबास गर्ने कराँते खेलाडी र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडी गोप वहादुर अधिकारीलाई क्लबले सम्पन्न गरेको हो ।
सम्मानित खेलाडीहरुमा पोखरा २७ का लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अध्ययनरत खेलाडीहरु४५ केजी तौल समूहमा दोस्रा राजन बिक, शितल कुमाल तेस्रो यस्तै ५० केजी तौल सम्राट सेन तेस्रो, खुला तौल समूहमा नबराज गुरुङ तेस्रो महिलातर्फको खेलमा ४० केजी तौल समूहमा ज्याक्सीना क्षेत्री दोस्रो, ५० तौल समूहमा सरगम कुमाल पहिलो, सदिक्षा कुमाल दोस्रो र खुला तौल समूहमा रुवी क्षेत्री तेस्रो रहेका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरामा राईजिङ्ग स्टार कप पाँचौं भलिवल गरिरहेको क्लवले पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदको मार्फत योगदान दिएका २७ नं. वडाका खेलाडीहरुलाई सम्मान गरेकोे राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङले जानकारी दिएका छन् ।
पोखरा २७ का स्थानीय समाजसेवी भूपू सैनिक ल्कबका अध्यक्ष जगबहादुर गुरुङ, लिटल फ्लावर एजुकेशनल एकेडेमीका संस्थापक देवी खड्का, क्लवका अध्यक्ष विष्णु गुरुङ, वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुस्ङ्ग लगाएतले खेलाडीहरुलाई सम्मान गर्दै कराँते प्रशिक्षक सुबास खड्कालाई विशेष आभार व्यक्त गर्दै खेलाडीहरुको थप प्रगतीको कामना गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here